उकाली चढ्दा चौतारी भेटियो, बसियो थाकेर
वरको दाना झर्यो् है शिरमा, गलक्कै पाकेर ।।
थकाई थियो लोलाए आखाँ, झोलाको सिरानी
सपनि देख्छु पुगेछु अन्तै, गाउँ त्यो विरानी ।।
समय हजुर गोधुलि साझँ, खाँचो छ बासको
जिउनु नै पर्ने जाहाँ गएनि, जीवन आशको ।।
आँगनि बिच पुगेर उभियो, सुध्यायो बासन
साँझको पाहुना देवता सरि, पाइयो आशन ।।
घरवेटि आमै जाति रैछिन्, दिइन खानलाई
असल चाल राम्रो बाँणि, मन छैन जानलाई ।।