धेरै सुनियो याहाँ क्रान्तिका कुरा
पढियो दर्शनका ठेलि पुराका पुरा!!
शिद्धान्तका के कुरा धेरै बुझियो
तरपनि किन याहाँ छन् सबै अधुरा!!
थाहा छ सबैलाई भन्न कठिन् भो
थोक हुन ठानेका सब रैछन झुरा!!
याहाँका परेछन् चल्ने खटनमा
अन्तनै कतै छन यीनका नि सुरा!!
कुरा ठूला छन सिन्को भाचिन्न
सदा ठान्या छन जनतालाई भुरा!!