छोडी जाने निस्ठुरीले फर्की नहेर
माया अन्तै लगाउँने मर्की नहेर॥
अर्कै नयाँ मायासँग खुशी रहेर
विष पानी मिसाएर छर्की नहेर॥
अरु कोहि सितलता दिने भएनी
सुर्य जस्तो राप बनि चर्की नहेर॥
झुटो माया अरुलाई दिई गएनी
हाँसी खुशी बोलिदेउँ झर्कि नहेर॥
छोडी जाने निस्ठुरीले फर्की नहेर
माया अन्तै लगाउँने मर्की नहेर॥
अर्कै नयाँ मायासँग खुशी रहेर
विष पानी मिसाएर छर्की नहेर॥
अरु कोहि सितलता दिने भएनी
सुर्य जस्तो राप बनि चर्की नहेर॥
झुटो माया अरुलाई दिई गएनी
हाँसी खुशी बोलिदेउँ झर्कि नहेर॥
जति सुबास दिएपनि झर्नैपर्ने रैछ आखिर
धरती आकाश देखेपछि मर्नैपर्ने रैछ आखिर
कहिले सुख कहिले दुख चक्रब्रती जीन्दगीको
जंघारहरु हाँस्दै रुँदै तर्नैपर्ने रैछ आखिर
आफ्नै जीबन जली यहाँ खरानीझैं बन्दापनि
दुनियालाई नौलो किरण छर्नैपर्ने रैछ आखिर
पूर्वपश्चिम उत्तरदक्षिण दश दिक्पाल दुवै ध्रुब
यो मन त्यो मन बस्तीबसाईं सर्नैपर्ने रैछ आखिर
कहाँ गए गुन्युचोली भोटाहरु खोज्दैछु म
डन्डीबियो कपर्दी र गोटाहरु खोज्दैछु म
फ्रीज अरे कुल्लर अरे केके कुन्नि यस्तै अझैँ
गाउँघरमा पानी पिउने लोटाहरु खोज्दैछु म
शहरमा अग्लाअग्ला आकाशछुने भवन नभई
घुम्नेघर गाउँघरका कोठाहरु खोज्दैछु म
आधुनिकता आएपछि कोठैपिच्छे कम्प्यूटर
दैलोमाथि झुण्डाइएका फोटाहरु खोज्दैछु म
दश नंग्रा खियाऊँदानी भाग् टर्छ आफ्नै ।
हरेक राती यही सोंचले प्राण हर्छ आफ्नै ।
हारेको त छैन, आत्माविस्वास बलियो छ ।
दृढ विस्वास पाखुरामा, मात्र भर्छ आफ्नै ।
भर कसैको पर्नु हुन्न" पौरखी हुनु पर्छ ।
स्वाभिमानी त्यो हुन्छ जस्ले गर्छ आफ्नै ।
धनले गरीब भए पनी मनले गरीब नहौं ।
त्यहीं स्वर्ग त्यहीं आनन्दको घर्छ आफ्नै ।
आत्मा सँधै स्वच्छ राख्नु माया-प्रेम भरी ।
दुःख पीड़ा नदेऊ नत्र आत्मा मर्छ आफ्नै ।
मेरो चेलिबेटीको, लाज मागे देवता सँग!
छाँटीमा हात राखेर,आज मागे देवता सँग!!
उमेरले श्रोह टेक्दा, नाङ्गिदैछ अङ्ग अङ्ग,
नदेखियोस भनेर,साँझ मागे देवता सँग!!
जिउ ज्यान रोपनि छ, तर लुगा के भन्नु खै?
साडी चोलि फरिया र, ताज मागे देवता सँग!!
झै झगडा बलात्कार, बढेकोछ यि यावत,
थाकेर यो समाजको, माझ मागे देवता सँग!!
कुंठित हुनेछौ तिमी समाजबाट
घृणित हुनेछौ तिमी समाजबाट
आफ्नो इज्जत आफै बचाउन नसके
पतित हुनेछौ तिमी समाजबाट
अन्धो छ दुनिया गहन सोच्दैन
अचम्मित हुनेछौ तिमी समाजबाट
पाइलापिच्छे तगारो बन्दिदा
आजित हुनेछौ तिमी समाजबाट
आखाकै एउटा तारो बनाउछन
हेलित हुनेछौ तिमी समाजबाट
अति स्वच्छ माया लगाएर आयौ l
बल्यो दीप माला जगाएर आयौ l
सधैं शून्यतामा हराउथें कराउथें l
सबै पीर चिन्ता भगाएर आयौ l
कतै चित्त सानो कतै भाव खोटो l
कयौं फोहर मैला बगाएर आयौ l
दियौ धर्ति सिंगै दियौ प्रेम चोखो l
पिलाउनै सुधारस मगाएर आयौ l
पुर्बेली पश्चिमी स्याङ्गजाली खोजिरहेछु
बहुभाषी बहुजाति नेपाली खोजिरहेछु
चाहे जहाँको होस् जहाँसुकै रहोस
गण्डकी कोशी कर्णाली खोजिरहेछु
पहाड मधेश हिमाल सिच्याउँन
मेची भेरी महाकाली खोजिरहेछु
अन्नको भण्डार पौरखले सिगार्न
हलो जुवा लाठे र खेताली खोजिरहेछु
शान्तिको भुमि साँच्चै नै अपार छ
अनेकतामा एकताको तालि खोजिरहेछु
अनिश्चित यात्राभन्दा टुंगै प्यारो बनिदियो
साक्षात ईश्वरभन्दा बढी ढुंगै प्यारो बनिदियो
कहिले रथ कहिले गाढा जिन्दगि यो बोक्दाखेरी
रथ गाढाभन्दा बढी डुंगै प्यारो बनिदियो
लाली लाएँ पाउडर खसें अनुहार राम्रो पार्न
लालीपाउडरभन्दा बढी जुँगै प्यारो बनिदियो
शोभा फूलीदिनुअघि चुँडाएर लान थाले
बोट कोपिलाभन्दा बढी थुंगै प्यारो बनिदियो
दुई खोलिको दोभानमा छुटिएको यादले सतायो मलाई
तिम्रै मायाले हुनुपर्छ शरीरिर सुकेर घटायो मलाई ॥
रुमाल भित्र लुकाएर दिएको फुल्लाई समाली रहँदा
स्वप्न बनेर जिसकायो हटाएर निद्रानै ततायो मलाई॥
त्यहि बितेका क्षणलाई भुलाएर चटक्क विर्सन नसक्दा
टाढा मबाट भएरनै गएपनि अतितले लतायो मलाई ॥
मैले तिम्लाई धेरै-धेरै मायाहरू गर्दछु भनेर भन्दानि
किन छोडेर अर्कैसँग रमाउदै गएछौ हटाई मलाई ॥