गुलाफको पोथ्रा जस्ति, तिम्रो पुक्क गालै राम्रो ।
निशानी ले चौडा छाती, तिम्रो सोह्र सालै राम्रो ।
कम्मर त्यो मर्काउँदै, भाचिन्छ्झैं गरि हिन्छ्यौं ।
बिराली झैं लच्किएको, आहा !तिम्रो चालै राम्रो ।
नदेखेझै छड्के हेर्दै, मुस्कान् छोड्दै ओंठ टोक्दा,
हेरिरहुँ जस्तो लाग्ने, तिम्रो लज्जा तालै राम्रो ।
देख्दै तिमी नशालु छ्यौ,उन्मातले अड्डी कस्छ,
अड्डी कस्न लगाउने, तिम्रो मायाँ जालै राम्रो ।