जलिरहेछ मैनबत्ती, तप तप निरन्तर चुहिदैछ उही
बाध्यता उही, जलन उही, उज्यालो छर्ने रहर उही
चुहिदैछ निरन्तर उ, भोगिरहेछ फेरि उत्पीडन उही
हाँसिरहेछ जल्दै, तर अकल्पित भोगाईका पछुतो उही -!
जलिरहेछ मैनबत्ती, तप तप निरन्तर चुहिदैछ उही
बाध्यता उही, जलन उही, उज्यालो छर्ने रहर उही
चुहिदैछ निरन्तर उ, भोगिरहेछ फेरि उत्पीडन उही
हाँसिरहेछ जल्दै, तर अकल्पित भोगाईका पछुतो उही -!
तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त !
एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त !
तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै
तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त !
औकात् भन्दा धेरै बोल्न जान्दिन म अरु सामु
आउ झुण्ड पाखुरीमा धाने भने मान्छौ कि त !
तिम्रो हातमा जित्तै पर्छ मान्दिन यो ।
मेरो भागमा रित्तै पर्छ मान्दिन यो ।।
हार जितको अझै बाँकी फैसला त्यो ।
गैरी खेतको कित्तै पर्छ मान्दिन यो ।।
गाउुँ समाज जान्ने सुन्ने गवाही छ ।
पारी लोहोसें भित्तै पर्छ मान्दिन यो ।।
माने बलिया तिमी उस्तै चण्डाल छौ ।
बल हुँदैमा सित्तै पर्छ मान्दिन यो ।।
संघर्षको मैदानबाट भाग्नेहरु धेरै देखें
दिनेहरु भन्दा पनि माग्नेहरू धेरै देखें
सफलतामै मिल्दो रहेछ साथ आफन्तको
नहुँदा चाहिं यता-उति लाग्नेहरु धेरै देखें
गर्छन अघि मिठा कुरा बगलीमा छुरा
पछिबाट धारे हात दाग्नेहरु धेरै देखें
नसुतेरै सुतेजस्तो गर्छन यहाँ मान्छेहरु
समयको थिचाई पछी जाग्नेहरु धेरै देखें
ख्याल ठट्टा गर्दै नाता, जोड्यौ तिमीले
मिठा मिठा यादहरु, छोड्यौ तिमीले
दाया बाया नलागेको, मेरो मनलाई
मायाको त्यो जादु चलाई, मोड्यौ तिमीले
पिरतिको बिरुवालाई, न्यानो स्पर्शले
राम्रो सिप लागाएर, गोड्यौ तिमीले
जान पाउने छैनौ मलाई एक्लै बनाएर
यो मायाको चुदरीलाई, ओढ्यौ तिमीले
जनता ताक्ने सङ्गिनले, आफ्नै मुटु रोपी हेर ।
स्वार्थ देख्ने रङ्गिनले, आफ्नै आँखा छोपी हेर ।।
सामन्त लाई ढाल्नयहाँ, एक्लो सन्तान गुमाए ।
आमा रुदा हास्ने हरु, आफ्नै आशु पोखी हेर ।।
एउटा ब्वासो मास्ननपाई, फेरी तीमी जन्मियौ ।
न्याय जोख्ने तराजुमा, आफ्नै मन जोखी हेर ।।
अन्याय को बिरुद्दमा, न्याय माग्न खोज्ने लाई ।
किन ताक्छौ बन्दुकले, आफ्नै छाती ठोकी हेर ।।
पातबिना डालिको के अर्थ ।
फुलबिना मालिको के अर्थ ।।
जती घुर्की देखए नि तिमी ।
भेनाबिना सालीको के अर्थ ।।
नाता टोडी भागी गए पनि ।
हलोबिना फालिको के अर्थ ।।
जती रंग लगाए नि मान्छे ।
ओठबिना लालिको के अर्थ ।।
सारै मजा आउथ्यो उनको चोली रंग्याउदा
भांग खाएर लठ्ठ पर्दै यो बोलि रंग्याउदा
जवानीका दिनहरु उमंगकै हुन्छन अझ
पिचकारी, लोला, रंग पोत्दै झोली रंग्याउदा
मन्द-मन्द मुस्कानको साथै दिन थालेपछि
खैरो, रातो, निलो रंगहरु घोली रंग्याउदा
अझै पनि भुलीएन मनाएको साथै पहिले
आँखाहरु जुधी रहन्थे होलि रंग्याउदा
रंगमा भंग जीवनमा ऊमंग, दिनभरि घुम्ने साथि-संगि संग
खुसिको यो हाम्रो पर्व, मनाउन पाउदा लाग्छ गर्व !
को आफ्नो को पराई, सवलाई हामिले आफ्नो गराई
द्वेश क्लेस सव मेटाई, जिउनु पर्ने हामिलाई
संस्कृति हो हाम्रो धरोहर, जसले बाँध्छ हामिलाई बरोवर
स्वार्थिका स्वार्थले गर्दा, हामि तिनकै भरमा पर्दा
टुट्न लागेको भाईचारा, पार्नु पर्छ हामिले गाढा
स्वार्थको भावना त्यागि आज, मनाउँ पर्व विहान साँझ
सद्भावको रंग सवमा हालि, जोडौ साथि मेचि-कालि
होलिको यो पावन पर्व, मनाउँ सवले गर्दै गर्व
फागुको यो पावन पर्व, मनाउँ सवले गर्दै गर्व॥॥
हरेक ऋतुका फूलहरु संग पैचो मागी
केहि रंग तक्राउछु तिमीलाई !
इन्द्रेणीको सप्तरंगी रंग चोरी
केहि रंगाउछु तिमीलाई !
आफ्नै जीवनका ऊमंग र खुशीहरु घोली
केहि रंग वर्साउछु तिमीलाई !
शुभ-कामाना आज
रंगिएर टक्राउन हुन्न रे मैले !
तेसैले !
अन्तर मनले रंग वर्साउछु तिमीलाई !
स्वीकार गर !