जनता कुर्लिदा नेताहरु लुक्दै बसे
कार्यकर्ता जम्मा पर्दै भुक्दै बसे
देश बनाउने नारा दिएकोले मात्र
तर सोझा जनताहरु चुक्दै बसे
आसा छैन नेता भनाउदा बाट
सारा संसार नेतालाई थुक्दै बसे
देशको सिमाना लुट्दै छिमेकी
देश भक्त नेपालीहरु झुक्दै बसे
जनता कुर्लिदा नेताहरु लुक्दै बसे
कार्यकर्ता जम्मा पर्दै भुक्दै बसे
देश बनाउने नारा दिएकोले मात्र
तर सोझा जनताहरु चुक्दै बसे
आसा छैन नेता भनाउदा बाट
सारा संसार नेतालाई थुक्दै बसे
देशको सिमाना लुट्दै छिमेकी
देश भक्त नेपालीहरु झुक्दै बसे
तिमीलाई पाउने लक्ष्य बल्ल पुरा भयो
तड्पिएर जिउनु पर्ने दिन सारा गयो
जिन्दगीमा एक्लै हुँदा जिउन कठिन हुन्छ
फाटिएको आशा पनी सिउन कठिन हुन्छ
उनलाई पाउँदा देखि मन खुसि रह्यो
तड्पिएर जिउनु पर्ने दिन सारा गयो
मायाँ सबको मनमा छुपेको हुँदो रै'छ
पभित्र ति मायाँले साँच्चै मन छुँदो रै'छ
पाए पछी तिमीलाई मनै खुसी छ है यो
तड्पिएर जिउनु पर्ने दिन सारा गयो
खेतबारी मात्रा किन अरु पनि फर्काउन ।
दुद्धे बालकको वात्सल्य पनि फर्काउन ।।
बक्बास तिम्रो झुट्को खेती गर्ने बानी,
ममताको न्यानो ओत पनि फर्काउन।
उल्टा सिधा जे पनि बोल्ने नकचरो,
हाम्रो लुटिएको सुन्दर सपना पनि फर्काउन ।
उल्क्याएर रन भुल्ल पार्न्सम्म पारी छार्योउ,
वर्वाद हाम्रो एक दशक पनि फर्काउन ।
युद्ध रापले दहित छत वीछत मनहरु,
आफन्त गुम्दा बगेको आँसु पनि फर्काउन ।
नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै
जहाँ जान्छु कुरा तिनै रिसा रिस धर्म संगै ।
हास्नु पर्छ भन्छ्न सबै भित्री पिडा कस्ले बुझ्ने
अरु सामु हाँसी हिड्छु आफु भित्र मर्म संगै ।।
नेपाली हुँ जन्मे देखी रिण बोकी आको थिए
जती तिर्न खोजे पनि छिमेकीको पर्म संगै ।।
यहाँ कोही जमिनदार सयौ बिघा जाग्गा बाँजो
कोही यहाँ बाँच्न गाह्रो लाज पच्यो शर्म संगै ।
बन्दुक किन बिसायौ ?
संगै किन मिसायौ ?
सोध्दै हुँदा जनता
त्यसै तिमी रिसायौ
आखिर् यस्तै हुनुथ्यो
अघि किन पिसायौ ?
सन्तान् एकै आमाका
मौका चुम्न फिसायौ
मेरो काधमा सिर राखी गोही आसुँ झार्दै थियौ
उस्को इस्पर्स पाउनलाई हात अघी सार्दै थियौ !!
संसार को खुशी पाएझै लागेको थियो तिमी साथ हुँदा
मेरा सारा खुशीलाई एक एक गरी तार्दै थियौ !!
सुन्दरता कि खानि तिमी ,परी झै देखिन्थौ सधैं
मोहनी रुप देखाएर उस्लाई माया जालमा पार्दै थियौ !!
मै दुखी भए पनि सारा खुशी तिमीलाई नै दिएको थिए
कुन चिज अपुग भयो र तिमिलाई ,उसलाई गुहादै थियौ !!
बाँच्नुको कुनै अर्थनै छैन साहारा छुटेसी ।
कसरी हाँस्नु सबैको सामु चाहना लुटेसी ।।
हृदय भरी कसैको माया सँगली राखेथ्ये ।
रोजेको कहाँ पाईन्दो रैछ भाग्यनै फुटेसी ।।
मेटिन गार्हो रहेछ यहाँ भाबिको लेखान्त ।
दुनियाँ सारा मिलेर मेरो बिरोधमा जुटेसी ।।
आँशुले त्यसै रसाउदो रैछ परेली जहिल्यै ।
जिन्दगी भरी नछुट्ने नाता सबैनै टुटेसी ।।
पिरतीको नाता हाम्रो छुटेरै पो छोड्यो आज ।
बेदनाका मुक्काले नै चुटेरै पो छोड्यो आज ।
संगै बाँच्ने संगै मर्ने बाचा थियो हाम्रो पनि
तर यहाँ नियती ले लुटेरै पो छोड्यो आज ।
देखे पछी आफ्नै सम्झी सपनाको घर बुनें
नलेखेकै रै'छ नाता टुटेरै पो छोड्यो आज ।
दुनियाँको नजरमा रुन्न भन्थें गर्थें तर
अंश्रुका ति मुहान नै फुटेरै पो छोड्यो आज ।
बिहे गर्नु माया गर्नु पाटो बेग्लै रैछ
थाहा पाए जिन्दगीमा बाटो बेग्लै रैछ
ज्यान एकै मन एकै लाग्थ्यो सबै एकै
तिम्ले खाने मैले खाने आटो बेग्लै रैछ
भए पनि फेर्ने श्वास एकै हाम्रो तर
तिम्ले टेक्ने मैले टेक्ने माटो बेग्लै रैछ
दुखि रन्थ्यो छाती सधै सम्झनाले तिम्रो
घाउ प्रेम्कै भएपनि टाटो बेग्लै रैछ
जीवन संगै खुशी, हर्नु तिमीले
बस्ति बसाई उतै, सर्नु तिमीले
छाम्नु नि चीता भित्रै जल्न म लाग्दा
त्यो सिउँदोमा बुटा, भर्नु तिमीले
भाकि तिनै देउता, खोस्नु नि भाग्गे,
मिल्छ भने स्वर्ग त्यो, तर्नु तिमीले
पत्थरका मूर्ति त्यो, पुजिन मैले
स्माशन पुग्दा उजी, छर्नु तिमीले