जुन क्षेत्र हेरेपनि दिक्क लाग्दो, जताबाट हेरेपनि बिरक्त लाग्दो कहि कतै मन सन्तोष गर्ने ठांउनै छैन, उत्साह र आसलाग्दो स्थिति कहि कतै देखिदैन नेताका अनुहार हेर्यो अत्यन्त्यै कुरुप लाग्छ, न्यायालय पनि बिस्वास लाग्दो हुन छाडिसक्यो । प्रकृतिले सुन्दर बनाउन खोजेर के गर्नु यो देसलाइ परिस्थितिजन्य कुरुपताले ढाकिसक्यो । उफ्! हाम्रो देस नेपाल, हेर्दा हेर्दै बिरक्त लाग्दो भइसक्यो ।
कम्युटर टाइपको अत्यन्त्यै जरुरी काम गर्नुछ, गयो स्विच अन गर्यो , बत्ति छैन , लौ बरबादै भयो नगरी नहुने काम थियो लोडसेडिङ्गपो रहेछ । अरु दुइ घण्टा बत्ति आउदैन अब के गर्ने, छटपटाउनुको बिकल्पनै रहेन । उफ्! कस्तो हाम्रो देस, कति लोडसेडिङ्ग ।
पन्ध्र दिन भैसक्यो ननुहाएको, ट्याङ्करबाट पानि किनेर राख्नुपर्ने, जलस्रोतको धनि भनिएको हाम्रो देसमा त्यहि ट्याङ्करपनि नआएको कति दिन भइसक्यो, खान सम्मत जारको पानि किनेर खाइएकै थियो नुहाउन पो अब के गर्ने, भोली सबेरै बाहिर जानुछ, ननुहाइ भएकै छैन, लौ अब के गर्ने, उफ्! हाम्रो देसको हालत, बरु खाडि मुलुकहरुमा किनेरत कम्तिमा सजिलै पाउछन् होला ।
छिमेकिको घरमा प्रसब बेदनाले एक महिला छट्पटाइ रहेकिछन्, अस्पताल लगिहाल्नु पर्नेछ तर नेपाल बन्द छ, भए जतिका सबै एम्बुलेन्सलाइ कल गर्यो खालि छैनन्, अरु गाडिले मरिगए मान्दैनन्, लौ अब के गर्ने, उफ्! कति बन्द, केका लागि बन्द । जनताकोलागि बन्द गरेको रे, याहा जनताको घरमा उपचार नपाएर मान्छे मर्ने बेला भइसक्यो ।