मनमा रह्यो अधुरो चाहना ।
भेट्न आउनु गरेर बाहना ।।
पर्खिराखे डाडाको चौतारी ।
छोडी मलाई अर्कीलाई नछान ।।
तिम्रो नाम जप्दैछु रातदिन ।
पिडा मनको हटेछ नठान ।।
मुटुभित्र तस्बिर टासेर ।
बचनको बाण मलाई नहान ।।
मनमा रह्यो अधुरो चाहना ।
भेट्न आउनु गरेर बाहना ।।
पर्खिराखे डाडाको चौतारी ।
छोडी मलाई अर्कीलाई नछान ।।
तिम्रो नाम जप्दैछु रातदिन ।
पिडा मनको हटेछ नठान ।।
मुटुभित्र तस्बिर टासेर ।
बचनको बाण मलाई नहान ।।
मर्न त मरेकै छौ देशका निम्ति मर बरु ।
त्यसै मरी जानू भन्दा अमरत्व भर बरु ।
अस्तित्व जोगाउन भविष्यमा नेपालीको ।
सम्झनेछ पीढ़ी पछी नाम केही गर बरु ।
अंधकार छ जीवन,उज्यालोको खोजीमा ।
रात कोखिएको ठाउँमा ज्योति छर बरु ।
स्वर्ग हाम्रो देशलाई बनाऊन आउनु सबै ।
वलिदानले देशको निम्ती नर्क झर बरु ।
तिम्रो माया मुटु भित्र स्वस्थ छ उत्तिकै ।
छोड़ी गयौ जिंदगी नै ध्वस्त छ उत्तिकै ।
तिम्रो माया जाली रैछ स्वार्थ पूरा गर्यौ ।
हृदयमा याद्हरू नि स्वच्छ छ उत्तिकै ।
मस्त योवन फिजाई फसाएर छोड्यौ ।
झझल्कोमा त्यी सबै परष्ट छ उत्तिकै ।
पिएँ कति दिन रात पीड़ा झन बढ्छ ।
याद हुन्छ दर्द बढ्छ सर्वस्व छ उत्तिकै ।
दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
घिच्याएर तान्दातान्दै गयो जिन्दगानी
दिल खोली खुसीबाँड्न सकिएन कहिल्यै
सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी
हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने
सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी
धेरैजना"मुखमा राम राम बगलीमा छुरा"
सहीमान्छे छान्दाछान्दै गयो जिन्दगानी
मैले देखेको अनौठो, खाली एउटा सपना थियो,
निद्रा भंगहुँदा त त्यो, जाली एउटा सपना थियो ।।
प्रशन्नता भरिपूर्ण, सुन्दर एक बगैंचाविच त्यो,
फूल झै थिइन् राम्री, माली एउटा सपना थियो ।।
छेउमा गएँ उनको, मुस्कुराउँदै हेरिन् एकोहोरो,
इशारा गरिन् बजाएर, ताली एउटा सपना थियो ।।
झिम्काउँदै परेली ती, भनिन् हेर्नुस त लौ मेरो,
जवानी र यो ओठको, लाली एउटा सपना थियो ।।
मुस्कुराउँदै थिए ती, फक्रिएका कोपिला जाँतहीं,
हातमा फूल संगैको, डाली एउटा सपना थियो ।।
कालो बादल झै केश, लोलाएका आँखा मृगसरी,
मीठो मुश्कान सुन्दरी, काली एउटा सपना थियो ।।
बौलाएको बनको कुकुर भुकायौ उतिबेला ।
टोक्ने कुकुर शहर भरी फुकायौ उतिबेला ।
गर्नु पर्थ्यो जुक्ति पै'ले बौलाएको मार्नलाई ।
पश्च्याताप छ ऐ'ले बुद्धि चुकायौ उतिबेला ।
के बचन दिएका थ्यौ ? गली-गली चाहार्दा ।
घुडा टेकी तिमीले सिर झुकायौ उतिबेला ।
तिमी कुपूत देशका ठुला भाषण धेरै गर्छौ ।
गास नपाई गाउँमा छाउरा ढूकायौ उतिबेला ।
माथी पुग्यौ सबै भुल्यौ गरीबका पिडाहरु ।
याद गर फर्की हेर देश सुकायौ उतिबेला ।
ज्योति बनी चम्चमाउनु यही हो जिन्दगी ।
दुःख सुखमा रमाउनु यही हो जिन्दगी ।
मानवता आत्मसाथ गरी राम्रो कार्यमा ।
असल बाटो समाउनु यही हो जिन्दगी ।
अतितलाई भुलेर अगाडी बढ्नु पर्छ ।
घर गृहस्ती जमाउनु यही हो जिन्दगी ।
खाली हात आयौ खाली नै जानू पर्छ ।
माया मोह थमाउनु, यही हो जिन्दगी ।
स्वार्थमा डूबी हैन परिश्रम गरीकन ।
दुईचार पैसा कमाउनु यही हो जिन्दगी ।
बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो
बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो
मलाई पनि नटुक्र्याई
देश देऊ अलिकति
हिमाल पहाड तराइको
भेष देऊ अलिकति
आमा!
मलाई एक मुट्ठी माटो देऊ
कतै जीवन दर्शनको उकालोमा
थकाई मार्नु पर्ला
म,चौतारी रोपी दिन्छु
अथवा
मलाई एक मुठी ऑटो देऊ
कतै देश निर्माणको बाटोमा
भोक मेटनु पर्दा
म दुईचार टुक्रा रोटी बेली दिन्छु
या
मलाई गोरेटो बाटो देऊ
ठेल मठेल गरी हिडीरहेका संततिलाई
काँडाहरु पन्छाएर यी हातहरुले
म मूल सड़क भेटी दिन्छु
आज भोलि काठको घर
धमिरा लाई जिम्मा ला छ
जून लाई माथ गर्छु भन्ने
जुन्किरीको रजाई भा छ
सबैलाई समानताको
पगरिले गुथ्ने संग
आज भोलि ठेला गाडा
ठेल्नेकोनी सत्तो गा छ
संसार बाटै फ्याकिएको
एउटा बूटी पलाको छ
भता भुंङग परेर देश
मूढे बल ले चलाको छ