रात घर्किन सक्छ
पानि दर्किन सक्छ !!
याद बोकेर बस्दा
खा'को सर्किन सक्छ !!
राम्रै कुरामा पनि
संगी झर्किन सक्छ !!
पिडा दबाई राख्दा
छाती चर्किन सक्छ !!
रात घर्किन सक्छ
पानि दर्किन सक्छ !!
याद बोकेर बस्दा
खा'को सर्किन सक्छ !!
राम्रै कुरामा पनि
संगी झर्किन सक्छ !!
पिडा दबाई राख्दा
छाती चर्किन सक्छ !!
लाखौँ चोसे र मोसे
विषयसुख-शिलाशैल चिर्दै बहेकी
श्रद्धा-मन्दाकिनीको
विकट तटतटै भै चनाको विवेकी ।
कैलासेपत्यकाको
सुमधुर छबिमा गुस्छ जो भक्तिसाथ
तीर्थात्मा तीर्थवासी
उहि जन मनले देख्छ केदारनाथ ॥
चोक-चोक र
गल्लि-गल्लीमा
मेरै छेउ भएर
गुज्रिन्छन सधैं जसो,
गुन्यु चोलिलाई चुनौती दिंदै,
उछ्रिंखल अनि
उत्तर आधुनिक ठिटीहरु,
असह्य भएर पनी...
मलाइ सप्पै अङ्ग देखिने
उनीहरुको बस्त्रमाथी
कुनै टिप्पणी गर्नु छैन...
सम्हाली राख मैले कोरेका यी शब्दहरु
एकांकीमा कहिले तिम्रो मुटु छुन सक्छ
सम्हाली राख मैले कोरेका यी मायालु भाकाहरु
असह्य भै अनायासै आशुँ झर्न सक्छ
मेरा ब्यथाहरु शब्दमा ब्यर्थ लाग्छ भने
स्मृतिका पानाबाट मेट्ने प्रयाश गर
मेरो साथ तिमीलाई दुर्घटना लाग्छ भने
बिडम्बना सम्झी भुल्ने प्रयाश गर
सम्हाली राख मेरा यी प्रितिका गीतहरु
कुनै दिन जीवनका कथा बन्न सक्छ
उसैको यादमा डुबेर बिहानीको प्रहर फाट्यो
तिमी मेरो मुटुको टुक्रा भनी उसले ढाट्यो
कतिसम्म जाली रैछ स्वार्थी मन काली रैछ
हृदयमा जलन छोडेर मिर्मिरेमै बाटो काट्यो
तिम्रै हुँ जूनीभरि भुल्दिन भन्थ्यो केही गरी
छेपारोको झैं रुप फेरि पिरतीको डोरी बाट्यो
अघाएसि फेक्ने बानी कागजको फूल ठानी
मलाई दिएको सिंगो जीवन अरुसँग साट्यो
छोडेपनि तिमीले बदनामी नगरे हुन्थ्यो
जे भएनी मेरो माया लिलामी नगरे हुन्थ्यो
गल्ति हुन्छ मान्छेबाटै भयो होला म बाट नी
सुधि्रन्थ्यो कि माफिले नै बिरामी नगरे हुन्थ्यो
मलाई त गर्नु गर्यौ भैगो जे जे गरेपिन
यसैगरि अरुलाई हरामी नगरे हुन्थ्यो
आज पनि तिम्रो अभाव उस्तै छ
के भनौ मनमा दबाव उस्तै छ
सम्झनामा तिम्रो झरिदिन्छ आशु
के गरु त अब स्वभाव उस्तै छ
खोजेकै हु भुल्न तर सकिएन
आज पनि मेरो लगाव उस्तै छ
भएन मन यो पथ्थर सरिको
र त अझै तिम्रो प्रभाव उस्तै छ
आँखा खोली जब हेर्छु ,तिमिलाई देख्न पाउ ,
हिर्दयका पाना भरी तिम्रै नाम ,लेख्न पाउ!!
साहारा बिनाको यो जिन्दगी ,बेबारिसे भई लडदा खेरी
तिम्रै हातहरु समाई , खुट्टा हरु टेक्न पाउ !!
तिम्रो जिन्दगीमा आधिहुरी आउन लाग्दा
पहाड भयर सबै तुफान छेक्न पाउ !!
चोट लाग्दा तिमीलाई ,मलाई झन पिडा हुन्छ
चाहराइ रहेको तिम्रो घाउमा ,मलम लगाइ सेक्न पाउ !!
रेशम धागे सारी अनि, मखमली चोली उन्को !
मेरो घरको, छेवै लागे, सजाएर डोली उन्को !!
दाइजो मागिन्, हाँस्दै-हाँस्दै, आँचल फैलाएर,
भरि दिए, आँशु सबै, रित्याएर झोली उन्को !
लाखौ गरे कोशिस मैले, भुल्न भनि उनि लाई,
बतास मा गुन्जिरन्छ, अझैपनि बोलि उन्को !
पिडा पर्दा घाऊ लाग्दा, याद मेरो गर्छिन् होलि,
संझी-संझी मेरो माया, बग्छ होला खोलि उन्को !
रुझि सकेपछि, छाता किन ओड्नु पर्यो?
छोडि गएपछि, नाता किन तोड्नु पर्यो?
हिजो सम्म संगै थियौ, एउटै थियो बाटो ।
बाटो मोडेपछि किन, चुरा फ़ोड्नु पर्यो?
खालि सिउदो रंग्यौदा, अग्नि साक्षि थियो ।
पराइ रोजि गएपछि, सिंदुर किन घोट्नु पर्यो?
सुखसयल दिएकै थे, अप्सरा झै राखेकै थे ।
अंतिम पल्ट बोलाएर, किन भेट्नु पर्यो?