नेता गिरि गर्दै मन्चमा भुक्नेलाई सलाम
नछोड भाई भन्दै आफै लुक्नेलाई सलाम
भ्रस्टाचारी छोड्नु हुन् ल्याउ खोज साथी
देशको बिग्रदो हाल देखेर दुख्नेलाई सलाम
कालोबजारि गर्दै धन जम्मा गर्ने कता लुके
फताहाहरुलाइ पिट्न बाटो ढुक्नेलाई सलाम
नेता गिरि गर्दै मन्चमा भुक्नेलाई सलाम
नछोड भाई भन्दै आफै लुक्नेलाई सलाम
भ्रस्टाचारी छोड्नु हुन् ल्याउ खोज साथी
देशको बिग्रदो हाल देखेर दुख्नेलाई सलाम
कालोबजारि गर्दै धन जम्मा गर्ने कता लुके
फताहाहरुलाइ पिट्न बाटो ढुक्नेलाई सलाम
बाबु आमा ले भनेको बचन लाई तोडी,
लागे परदेश धन कमौना जन्म भुमि छोडी
हासी खेली हुर्किएको आफ्नो प्यारो गाउ मा
चटक्कै छोडेर आइयो अफगान भन्नि ठाउँ मा ।
गरिबी र रोजगारको समस्या ले गर्दा
सारै मन दुखि राछ रणभूमि आउनु पर्दा ।
जता हेर्यो नांगा पहाड हरियाली छैन कत्ति
आफ्नो गाउँ घर सम्झिएर रुने गर्छु अति
आवाज आउछा बम गोला का मकै भुटे सरि,
एकान्त मा बसेर म रुन्छु धर धरी ।
सबका मनमा भगवतिको बास होस
पाप कर्म अनि पापिहरुको नास होस
रक्षा गरुन भगवतिले निमुखाहरुको
अधर्मि र पापिहरुको बन बास होस!!
गर्न सकुन सबैले अप्ठ्यारोको सामना
सुन्दर होस सबका निम्ति यो जमाना
सद्बुद्धि र सद्भाब सब जनमा पलाओस
यही छ आजको दिनमा मेरो शुभकामना!!
नलडेरै युध्द यहाँ जीत खोज्दैछु म ।
आफ्नै भाषा संस्कृतिको गीत खोज्दैछु म ।
सबै छन् नयाँ नौलो कोही छैन आफ्नो,
नाता गाँस्न आज यहाँ मीत खोज्दैछु म ।
पीर ब्याथा मुटू माँझ सँधै संगालेर,
तिम्रै खुशी तिम्रै लागी हित खोज्दैछु म ।
आशा अनी अभिलाषा पाली मनै भरी,
शुबः हुँदै हराई जाने शित खोज्दैछु म ।
हिजो यहि मान्छे विशेष थियो आज धरातलको कुरा गर्छौ
जब दिदादिदा रित्तिसके म अनि बल्ल जलको कुरा गर्छौ
तिमीलाई पाउने बहानामा सबै गुमाईसकेको मान्छे म त
मैले दिनै नसकिने किन ती दरबार महलको कुरा गर्छौ
जे भनेनि आखिर तिम्रो छोड्ने बहाना हो छोडे हुन्छ बोरु
करोडमा पनि किन्न नसकिने किन तलतलको कुरा गर्छौ
मेरो मात्र ईज्जत जादैन बदनाम त तिमी पनि उस्तै हुन्छौ
यस्तो उस्तो दुनिया हल्लाउने किन हलचलको कुरा गर्छौ
सहर, आफ्नो पहिचानको खोजीमा
महंगी सितको साक्षात्कारमा
पसिनाको मूल्य संग
समायोजनमा व्यस्त छ ।
हरेक संक्रान्ति संगै
घरको मूल ढोकामा लाम लाग्ने
घरबेटीको त्यो अनुहार !
स्कुल , कलेजका बिलहरु
लोद्शेदिंगमा पनि अकाशिएर आउने बिल
धारोबाट आउने हावाको पनि बिल !
टेलिफोन , मोबाईल , टिभी च्यानल
इन्टरनेटका काटिएको लाईनको सुचनाहरु पनि
संग संगै देखा पर्छन् !
अगेनामा मात्र चिसो खरानी देखिन्छ
बालेर निभाईएका दाउराका ठुटा , केहि टुक्रा गोल
खाली डिक्ची देखाउनको लागि
बसालिएको हुनुपर्छ
सलाईको बट्टा अगेना छेऊ मै मिल्किएको छ
(त्यो पनि शायद खाली हुनसक्छ )
चामलको डिब्बा एकातिर
दालको डिब्बा अर्कोतिर
बेवारिसे बम झैं फालिएको छ
र , लंगोटी सम्मले पनि नभ्याएका
लालाबालाहरु
उमेर भन्दा पनि धेरै अघि चाउरी परेकी
मनमायाको निस्तेज जस्तै आँखा ,
धन बहादुरको बाटो कुरी बसेको छ ।
धन बहादुर ,
जेठको आगोमा झोसिएर
रिक्शाको पांग्रासंगै दौडिरहेछ
भोकलाई पराजित गर्न
लाजलाई घुम्टो हालिदिन
र उसलाई थाहाछ .
दिनभरिको अथक प्रयासमा
ऊ भोकलाई पूर्णरूपमा परास्त गर्न सक्दैन
उसका लालाबलाहरुको आंग
निश्चित रूपमा ढाक्न सक्दैन
तर पनि ऊ युद्धरत छ
प्रमूख शत्रुलाई पराजित गर्न ।
बिहान सँधै बाहिर जाने बेला ,
कुशलताको कामना गर्दै
श्रीमतीले कालो टीका लगाइदिन्छे
साँझ म नफर्केसम्म
बाटोमा आँखा ओछ्याइ बस्छे ।
भरोसा छैन अचेल सहरको
कतै फूटपाथमा
कुनै जेब्राक्रासिंगमा
धराप थापिराखेको हुन सक्छ
कहिले कहाँ अल्झेर , जीबन
अल्कत्राको चितामा पसारिरहेको हुन सक्छ ।
तिम्रो मात्रै दुःख देख्छौ कहा देख्यौ मेरो दुःख ।
नानाथरी कुरा लेख्छौ खै त लेख्यौ मेरो दुःख ।।
मेरो मन्को कल्पना थ्यो तिम्लाई रानी बनाउने ।
निठुरी भै आखिरिमा मैमा फेक्यौ मेरो दुःख ।।
धेरै थियो आशा ममा तिम्रो साथ पौछु भन्ने ।
ख़ुशी दिई जिन्दगीमा कहा छेक्यौ मेरो दुख ।।
छातीभित्र मुटु दुख्दा तिम्रै याद आउछ मलाई ।
कुर्कुच्चाले दबाएर कहा टेक्यौ मेरो दुख ।।
आजभोली एक छुट्टै त्यों संसार खोज्न मन छ ।
एक्लै बाँच्ने आफ्नो त्यों आधार खोज्न मन छ ।
कैयौ मान्छे बिच मेरो चिनापर्ची हराएर ।
अर्कै मुलुक तरी जाने जंघार खोज्न मन छ ।
मरेपछि स्वर्ग पुग्ने द्वार हुन्छ भन्छ मान्छे ।
द्वार खोली भित्र छिर्ने त्यों संघार खोज्न मन छ ।
बिछिप्त र बिचित्रले लुट्यो धर्म कर्म सबै ।
सत्यदेवी र लक्ष्मीको त्यों मुहार खोज्न मन छ ।