केटा – मेरो जोबन लैजाऊ
केटी – पर्दैन, त्यो दुई दिनको
केटा – मेरो ज्यान लैजाऊ
केटी – चाहिँदैन, त्यो माटोको
केटा – मेरो माया लैजाऊ
केटी –
हुन्छ, यदि त्यो पुरानो हुन्न भने
पछि गई फेरि त्यो कहिल्यै छिन्दैन भने
केटा –
मेरो आँखाको नानीमा तिमी छाएकी छ्यौ
मेरो हृदय भावनामा तिमी आएकी छ्यौ
के पो दिन सक्छु अरू म तिमीलाई
जब सम्पूर्ण मलाई नै पाएकी छ्यौ