बचन बाणले हान्यौ र त म रोए ।
झार पात ठान्यौ र त म रोए ।
रुपकी रानी मन्की कालि रैछौ तिमी ।
मलाई कुरुप मान्यौ र त म रोए ।
आखिर के नै छ र तिमी सँग तेस्तो ?
मलाई गरीब भन्यौ र त म रोए ।
आफैलाई सर्बमान्य सोच्यौ तिमीले ।
मलाई शुन्यमा गन्यौ र त म रोए ।
बचन बाणले हान्यौ र त म रोए ।
झार पात ठान्यौ र त म रोए ।
रुपकी रानी मन्की कालि रैछौ तिमी ।
मलाई कुरुप मान्यौ र त म रोए ।
आखिर के नै छ र तिमी सँग तेस्तो ?
मलाई गरीब भन्यौ र त म रोए ।
आफैलाई सर्बमान्य सोच्यौ तिमीले ।
मलाई शुन्यमा गन्यौ र त म रोए ।
पुष्प चुंडी, पत्थर पुंजी, धर्म गरे भन्छ्यौ तिमी ?
भाग्य लड्यो पाउमा तिम्रो, कर्म गरे भन्छ्यौ तिमी ?
दर्पण मा बिम्ब हेर त, निर्वस्त्र छ देह तिम्रो,
हत्केला ले मुहार छोपी, शर्म गरे भन्छ्यौ तिमी ?
मेरो नाम निशानी सबै, राख पार्यौ जाली तिम्ले,
आगो मेरो मनमा बालि, गर्म गरे भन्छ्यौ तिमी ?
कस्यौ पैला प्रीतको डोरी, चुंडाएर गयौ अनि,
तिम्रो मेरो बिचको नाता, नर्म गरे भन्छ्यौ तिमी ?
म पखेटाबिना नै खै कसरि उडिरहेको छु ।
चीलले चल्ला खोजेसरि तिमीलाई खोजिरहेको छु ।।
मेरो मायाको चरमता त हेर !
खोटबिहिन लाई छोडेर तिमीलाई मेरो देउताको लागि रोजिरहेको छु ।।
भाकल खोज्यो प्रेम परमेश्वरले भन्यौ ।
मानिदिए किनकि आजसम्म भनेको मानिरहेको छु ।।
त्यो पछ्यौरिको टुप्पो मात्र अलझिन सक्यो मेरो मायारुपि खुटिमा थाहा छ ।
तर पागल म तिमी त्यसैमा झुण्डिएकी छौ भनि तानिरहेको छु ।।
प्रिय हाल नसोध मेरो !
गणडकीको तिरमा हाम्रो मायाको बालुवा छानिरहेको छू ।।
मन परेर नभएपछि,
बल गरेर काहा हुन्छ?
बल गरेर नभएपछि,
छल गरेर काहा हुन्छ?
छल गरेर नभएपछि,
कल गरेर काहा हुन्छ?
कल गरेर नभएपछि,
आँखा तरेर काहा हुन्छ?
आँखा तरेर नभएपछि,
माया गरेर काहा हुन्छ ?
माया गरेर नभएपछि,
बाँचा गरेर काहा हुन्छ?
बाँचा गरेर नभएपछि,
आँशु झारेर काहा हुन्छ?
आँशु झारेर नभएपछि,
घर बारेर काहा हुन्छ?
घर बारेर नभएपछि,
'गनगने कामी' । सबैले गाउँमा त्यही नामले उनलाई बोलाउथे, मेरा बालाई सधैं बाजे भनेर बोलाउथे तिनले । गाउँभरि उनलाई सबैले तँ भनेर सम्बोधन गर्थे । तर मेरो बाले आफूभन्दा ठूलो, जेठो मान्छेलाई 'तँ' भन्नु हुँदैन भनेर सिकाउनु भएकाले मैले उनलाई गनगने कामी दाइ भनेर 'तपाईं'बाट सम्बोधन गर्थें ।
एक दिन भैंसी हेर्दै गर्दा तिनको घर छेउमा बोडीको झ्यांग हाम्रो भैंसीले खाइदियो । उनी मसँग जंगिए, धेरै रिसाए ।
"यत्रो दुख गरेर रोपेँ, हुर्काएँ । अब फल्न थालेपछि चैं सर्वनासै गरायौ काइँला भाइ ...! फलेपछि त म एक्लै खाने त होइन नि तिमीहरुलाई पनि त हुन्थ्यो नि !" यसरी कराइरहे ।
उनी हाम्रो बारीमा सानो झुप्रो बनाएर बसेका थिए । हाम्रोमा नै काम गर्थे । एकै परिवार जस्तो थियो । मलाई उनीसँग त त्यस्तो डर लागेन । एक छिन कराउछन सकिहाल्छ भन्ने लाग्थ्यो । मलाई साह्रै नै माया गर्थे । तर यही कुरा भैंसी राम्रोसँग नहेरेको भनेर बालाई भनिदिए भने चैं के गर्नु भन्ने भयो । नभन्दै सुनाइदिएछन् । बाले मलाई धेरै कराउनु भयो ।
त्यो रातभरि सुत्ने गारो भो । मलाई रिस उठ्यो । बिहानै उठ्ने बित्तिक्कै राते कुकुरलाई डोर्याउदै लगेर उनको कुखुराको खोरमा छिराइदिएँ । कुकुरले दुई ओटा कुखुरा मारिदियो । भित्रबाट गनगने दाइ कुखुराको च्याँ च्याँ र चुँ चुँ कक र कुकू सुनेर बाहिर निस्किए ।
दिवाशयन हानिकारक हुन्छ तर म अलिअलि लेखिटोपल्ने लेखकसाहित्यकार जस्तो भएकाले दिवास्वप्न राजशेखर र क्षेमेन्द्रका कविशिक्षाबाट ग्रहण गरेको छु, त्यो भिटामिन झैं थोरै आवश्यक छ । ब्युँझिन्छु र घडी हेर्छु त तीन बजेको छ जम्मा तीन घण्टा निदाएछु तर यो समय धेरै हो दिवाकालीन भएकाले ! उठदै आँखा मिच्दै थिएँ अन्तर·मा नागपञ्चमीको मनोहर झङकार आउन थाल्यो, यो कुन नियतिले ?
देखेका सबै सपना भुलेँ आखिर ती दिवास्वप्न नै थिए । कुन आनन्द, कुन सन्तुष्टि र कुन मनोवृत्तिको अनर्गल यात्राको परिणाम हो, मलाई नागपञ्चमीको सजीव सम्झना हुन थाल्यो । एक मन मुखसुख नधोई लेख्न थालौँ जस्तो भयो । टिनिन्न फोन आयो उठाउँछु त गोविन्दराज विनोदीजीले तयार हुनु पन्ध्रदश मिनेटबिच लिन आउँछु रे ! भएन फसाद, आमालाई डण्डा पठाउन बस स्टेशन जानुछ ! जेठालाई फोन गरेँ, ऊ असमर्थ, कान्छालाई फोन गरेँ, ऊ जसरी पनि बसस्टेशन पु¥याउन सहमत भयो । बाहिरी टिंटीं आवाज दियो हिरो होन्डाले, चढेर पुगियो कृष्णपुर केदार, अज्ञात र पूर्ण समेतको उपस्थिति राजकृष्ण कँडेलजीका घरमा । टन्न खाइयो आँप र भाउजूको समुस्कान उपहार पोकासहित आइयो घरमा रमाउँदै । अब अघि दिवाशयनपछिका सबै कुरा लुके तर नागपञ्चमी बाँकी नै छ शीर्षक राखेँ, सारा पूर्वस्मृति सखाप ! यस अनुच्छेदपछिको शब्दयोजना जे छ, दिवास्वप्न र नागपञ्चमीको यथार्थता त्यही हुनेछ, तर बिचको व्यवधानले सटीक चित्र उत्रन गाह्रो छ ।
त्यो वसन्त पञ्चमी, ऋषि पञ्चमी र श्रीपञ्चमी वा विवाह पञ्चमी भनेजस्तै एउटा हो नागपञ्चमी । यसको धार्मिक सांस्कृतिक खैलाबैला सुन्नु, सुनाउनु छैन कसैलाई तर यस शीर्षकअनुसार कम्तीमा एक लेख त तयार हुनुपर्छ नि ! म घोरिन्छु दिवास्वप्नमा आकृति बटुल्न र चित्रमा लेखिएका नागपञ्चमी क्यानभासमा उतार्न ।
ती दिन गए, म सानो छँदा नागको चित्र बनाउँथेँ तर सत्तेसत्ते पुराणकालीन परीक्षितको कथा चित्रकला त्यागेपछि थाहा भयो । वासुकी नागको उद्दण्डता अझ पछि बोध भयो । शेषनागको महिमा आजभोलि आफै बढेको छ विष्णुहरूको कौच अन्यत्र खोज्न पर्दैन भनिदिनु । धन्वन्तरिलाई तक्षकले डस्यो । आफूले टेक्ने गरेको लौरामा प्रवेश गरेर अर्थात मृत्युको स्वरूपमा बासुकी नाग अघि सर्छ । सर्पसत्र निम्त्याउने प्रयत्नमा अनन्तनागको नाम सुन्दा नागलोकको सम्झना हुन्छ । सर्पहरू अनन्त छन त्यहाँ । पदमनागको संरचना आफैले आफैलाई के सराउनु, म साह्रै राम्रो बनाउँथे । महापदम नागको चित्र कोर्न त्यति ध्यान दिइएन किनभने नाति को छापा छँदै थियो स्वर्गद्वारीमा । जब आउँथ्यो नागपञ्चमीको सप्ताह, खूब छापिन्थ्यो र उपयुक्त तथा उपलब्ध रङले रङग्याएर चिरिच्याँट्ट पारिन्थ्यो, खोई ती दिनहरू कहाँ गए ? रमाइला र खुसीका दिनहरू ? अर्काे एउटा नागको चर्चा हुन्थ्यो कुलीर ! तर यो नाग मैले चिन्न सकिनँ । त्यस्तै कर्कट नागको पनि चित्र बनाइएन । सजिलो र सानो ठूलो जत्रो पनि बनाउन सकिने शङखनाग हो । यी सब नागहरूको समष्टि रूप थियो अष्टनाग । छिटो, सजिलै र सहजै तयार हुने अतिप्रचलित नाग । कोही शेष, पद्मनाभ, कम्बल, शङखपाल, धार्तराष्ट्र र कालीय नाग थपेर नौ नागको अस्तित्व स्वीकार गर्दछन तर हुन यी सबै विषधर नै !
यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
रुन्छन् कलकल !
यो तटको, वन छाया छवियुक्त
यौवन, यौवन !
दिवानिशाको छाया अङ्कित,
वियोगमिलनको क्रीडाभूमि,
वृन्दावन !
यो मिलनको रोइरहेको इतिहास !
याद रुँदाको बास !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरुको बतास !
सरिताको छ सागररोदन !
एक सुनौली सन्ध्या पछाडि,
खोजी, खोजी,
पौडिरहेछन् जलमा क्रन्दन,
जलमा क्रन्दन !
अबोला निशा छ चिहान सरि यो,
कब्र उपरका क्रन्दन सरि
आँसु बिन्दिए स्वर्ग भरि रे,
स्वर्गभरि !
विश्वका अघिपति रुन्छ यहाँ,
आफ्ना फूलहरुमा !
आफ्ना मृत्यु र परिवर्तनका
आदिम, स्वनिर्मित नियम रुपका
भूलहरुमा ! भूलहरुमा !
आफैं घोची आफ्नो छाती
शूलहरुमा ! शूलहरुमा !
प्रेमतालमा माछीसरि
सलबलाउदै हिड्छेऊ अरे,
सुंदर शान्त मेरो गाँऊको
शान्ति खलबलाउदै हिड्छेऊ अरे ।
को बुढो,को बच्चा,
सबको ओठमा तिम्रै चर्चा,
चट्पटे स्वाद बनि
सबको मन तलबलाउदै हिड्छेऊ अरे ।
जवानी त चड्छ सबलाई
तर ज्वालामुखी तिम्रो यौवन,
जता चान्छेऊ त्यतै माहोल तताई
भलभलाउदै हिड्छेऊ अरे ।
मन्द मन्द मुस्कान छर्दै आउँथ्यौ तिमी सानु
संसार् सारा भूल्ने माया लाउँथ्यौ तिमी सानु
माया कति गर्थ्यौ तिमी हिसाब कुनै छैन
अधेंरी त्यो रातमा पनि धाउँथ्यौ तिमी सानु
रिसाउँथें कुनै बेला , घुर्की पनि लाउँथें
फकाउन मिठो गीत गाउँथ्यौ तिमी सानु
डर लाग्थ्यो छुट्छौं भनि अश्रु भेल बग्थ्यो
आँखाभरि बिम्ब बनि छाउँथ्यौ तिमी सानु
एकहोरो हुन्थें म मोहनी पो लाथ्यौ क्यारे
हर् धड्कनमा मलाई पाउँथ्यौ तिमी सानु
परी आए सिसाझैँ, चर्की आउँला,
जसरी नि सान्नानी, फर्की आउँला !
पराईको भूमिमा, धेरै बस्दिनँ,
बढीमा एकै वर्ष, पर्खी आउँला !
मनका सारा पीर-व्यथा, यहीँ छाडेर,
मुसलधारे पानीझैँ, दर्की आउँला !
भगवानले हात थाप्छन्, केही हुँदैन,
मृत्युबाट समेत म, तर्की आउँला !